



लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्तौता रकम नपाएको भन्दै उखु किसानहरुले शनिबार पनि काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।शुक्रबार नै आफ्नो खातामा रकम आउने आश्वासन पाएपनि एक रुपैया पनि नआएको भन्दै उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन् । उनीहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारको ध्यानाकर्षण गर्न भन्दै माइतिघरमा धर्ना दिएका हुन् ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । उनीहरुले सरकारसंग छलफल गर्न आफुहरु तयार रहेपनि छलफलको वातावरण बनाउनुपर्ने बताएका छन् ।उखु किसानहरुले यसअघि सरकासंग भएको सहमति कार्यान्वयन गर्नुपर्ने, सरकारले नै चिनी मिल सञ्चालकबाट रकम उठाइदिनुपर्ने लगाएका माग राख्दै आएका छन् ।
