November 28, 2022

उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भइरहेको छ: डा बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भइरहेको बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले कुनै जिम्मेवारी नै नलिएर उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भएको र संघीय लोकतान्त्रीक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृति देखिएको बताउनुभएको हो । उहाले लोकतन्त्रीको बिकासका लागि बिशेष ध्यान दिनुपर्ने र संघीयतालाई बलियो पार्नुपर्ने अहिलेको आश्यकता रहकेो धारणा राख्नुभयो । संघियतालाई बलियो बनाउन संविधान बनाउने क्रममा पनि त्रुटी रहेको र अहिले ठीक ढंगले कानून नवनाउदा ठिक ढंगले काम गर्न नसकेको उहाले बताउनुभयो । उहाले मुलुकको द्रुततर विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता रहेको र यसमार्फत गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न काम गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले सार्वजनिक नीतिले राष्ट्रियहितको संरक्षण र सम्वद्र्धन गर्नका लागि प्रतिष्ठान क्रियाशिल रहेको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.