
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने समेत बताउनुभयो । उहाले आयात घटाउनका लािग प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान उत्पादन गर्नपर्ने धारणा राख्नुभयो । उहाले उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्ने बताउदै उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाले अव मुलुक गरिव गरिरहनुपर्ने कुनै कारण नै नरहेको भन्दै स्रोत र साधनको उचित सदूपयोगमा जोड दिनुपर्ने जिकिर गर्नुभयो । उहाँले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी गर्दै आगामी निर्वाचनपछि एमालेले बिकासको कामलाई तिव्रता दिने दावी गर्नुभयो । मुलुकलाई अघि बढाउनका लािग वर्तमान सरकारको बर्हिगमन अनिवार्य रहेको उहाको भनाई छ ।
त्यस्तै उहाले गठबन्धन अव लामो समय नटिक्ने तर्क गर्नुभयो ।