June 14, 2024

उपचार नपाएर कोहिको पनि ज्यान जाने अवस्था आउन नदिने दावी

स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले नेपालमा उपचार नपाएर कोहिको पनि ज्यान जाने अवस्था आउन नदिने दावी गर्नुभएको छ । शनिबार काठमाडौंमा सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले नेपालमा स्वास्थ्यक्षेत्रको पूर्वाधारमा बिकास हुदै गएको भन्दै उपचार नपाएर ज्यान जाने अवस्था आउन नदिने बताउनुभएको हो । उहाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सवै प्रकारको तयारीमा सरकार जुटेको बताउनुभयो । भारतमा समेत कोरोना संक्रमितको संख्या बढ्दा नेपालको नाकामा होल्डिङ सेन्टर र कोरोना परिक्षणलाई प्रभावकारी बनाइने उहाले बताउनुभयो । उहाले यसअघि कोरोना महामारीमा औषधी, अस्पताल र अक्सिजन भएको भएपनि अव त्यस्तो नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *