October 29, 2021

उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई

7-day lockdown announced in Chandigarh to contain COVID-19 spread

काठमाडौ उपत्यकामा जारी निषेधाज्ञालाई बिहीबारबाट थप कडाई गरिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौंमा एक हप्ता निषेधाज्ञा गर्दै कडाई पनि गरिएको हो । यसअघिको आदेशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद–बिक्रीका लागि बिहान र बेलुका समय तोकेर खुला गरिएको थियो । बुधबारबाट भने बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौं उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख लिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

यस्तै काठमाण्डौ उपत्यका बाहिर जानका लागि सम्बन्धित पालिकाले अनिवार्य १० दिनको क्वरेण्टीनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस आवश्यक पर्ने भएको छ ।सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।यसअघि जारी भएका सबै पास समेत खारेज गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेध आदेश जारी गरिएका जिल्लाको संख्या ४६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.