March 28, 2024

उपत्यकामा थप गरिएको निषेधाज्ञा जारी

Lockdown 3.0 | Nepali Times

कोरोना महामारीलाई मध्यनजर गर्दै उपत्यकामा पछिल्लो पटक थप गरिएको निषेधाज्ञा जारी छ ।उपत्यकाका तीनवटा जिल्ला काठमाडौंं, भक्तपुर र ललितपुरमा लागु गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । जेठ २० गतेपछि भने खाधान्न , निमाण कार्यलाई खुल्ला गर्ने गरि निषेधाज्ञा खुकुलो बनाउने तयारी प्रशासन कार्यालयको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाहीअन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ । तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *