July 30, 2021

उपत्यकामा थप गरिएको निषेधाज्ञ जारी

Covid-19: Week-long Lockdown in Kathmandu Valley from Thursday

कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आगामी जेठ १३ गतेसम्म थप गरिएको निषेधाज्ञ जारी छ ।निषेधाज्ञाका कारण काठमाडौ उपत्यकाका सडकमा सवारी आवागमन निकै न्युन छ । काठमाडौँ उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

चोक चोकमा प्रहरीले चेकजाँचलाई कडा बनाएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।शनिबार बिहानै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ८ सय ८ ओटा सवारी साधनलाइ काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६४३ ओटा दुई पाङग्रे, १०९ ओटा चार पाङ्ग्रे, १९ ओटा ट्याक्सी र ३७ ओटा अन्य सवारी साधन रहेका छन् ।

Leave a Reply

Your email address will not be published.