October 16, 2021

उपत्यकामा पेट्रोलियम पदार्थको अभाव

Petrol, diesel, kerosene prices cheaper by Rs 2/litre - The Himalayan Times  - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघ लगाएत मजदुरहरु आन्दोलित हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालक लगाएत मजदुरहरु आन्दोलित भएका हुन् । आइतबारदेखि ढुवानी बन्द गरेका उनीहरुले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्याङ्कर तेर्साएर नारावाजी गरेका छन् । उनीहरुले छिटो भन्दा छिटो कोरोना बिरुद्धको खोप दिनुपर्ने आफुहरुको माग गरेको बताए । सम्बन्धीत निकायमा पटक पटक ध्यानाकर्षण गराउदा पनि आफुहरुको माग पुरा नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोखरेलले बताउनुभयो ।त्यस्तै नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएकोबताउनुभयो । उहाले अत्यावश्यक क्षेत्रमा काम गर्ने आफुहरुलाई खोप दिन सरकारले आनाकानी गरिरहेको आरोप लगाउनुभयो । उहाले आफुहरुको स्वास्थ्य जोखिममा परेकाले बाध्य भएर आन्दोलन गर्नुपर्ने धारणा राख्नुभयो ।

ढुवानीकर्ताको अवरोधका कारण मंगलबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको बागमती प्रादेशिक डिपो थानकोटले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गर्दै कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र पठाएको थियो ।

Leave a Reply

Your email address will not be published.