December 5, 2023

उपप्रधान एवं ऊर्जा मन्त्री लिङ्देनले पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने

उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गर्नुभएको छ । मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उहाले ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गर्नुभएको छ । आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको उहाले बताउनुभयो । उहाले योजनावद्ध ढङ्गले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिने धारणा राख्नुभयो । उहाले ऊर्जा जलस्रोत तथा सिँचाईजस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भएपनि आफूले त्यसलाई अवसरमा बदल्ने बताउनुभयो ।

सनातन धर्ममा विश्वास गर्ने भएकाले कुनै पनि शुभकार्य गर्दा आराध्यदेवको दर्शन गर्नुपर्छ भन्नेमा विश्वास राख्ने भएकाले पशुपतिनाथको दर्शन गर्न गएको उहाले बताउनुभयो । उहाले आफ्नो कार्यकालमा देखिने चूनौतिलाई अवसरमा परिणत गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *