July 15, 2024

उपसभामुखमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भएको उपसभामुख पदको निर्वाचन प्रक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो । सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको सङ्ख्याको बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा घोषणा गर्नुभएको थियो । उपसभामुखमा कांग्रेसकी सांसद भुसाल र एमालेकी सांसद बिद्या भट्टराईले उम्मेद्वारी दिनुभएको थियो ।

तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *