August 1, 2021

एकता अभियानले काठमाडौंस्थीत नापी बिभागमा धर्ना

नेपाल–चीन सिमास्तम्भहरुको जिपिएस कोर्डिनेट सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थीत नापी बिभागमा धर्ना दिएको छ ।नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म बिभागमा धर्ना दिने जनाएको छ ।

अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागे पनि अझै सुचना नदिएको र सार्वजनिक पनि नगरिएकाले धर्ना दिएको बताउनुभयो । नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका बिषय पनि सार्वजनिक गर्नुपर्ने उहाको भनाई छ ।सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि सार्वजनिक गर्नुपर्ने अभियानको भनाई छ । अभियानले सीमामा सुरक्षाको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published.