November 30, 2023

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबार काठमाडौंमा आयोजना हुने

नेपाल र पपुवा न्यूगिनी (पीएनजी) बीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबार काठमाडौंमा हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पहिलो पल्ट बाइलाटरल सिरिज आयोजना गर्ने लागेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अनुमति दिएको जनाएको छ । पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले जुनमा अमेरिकासँग आइसिसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सिरिजले सहयोग गर्ने बताए । त्यस्तै अहिले नेपाली टिम बिल्डिङको चरणमा रहेका र सिरिजमा युवा क्षमतावान खेलाडीहरुलाई मौका दिने उनले बताए । त्यस्तै नेपालका कप्तान सन्दीप लामिछानेले पपुवा न्युगिनीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर दिने उनले बताए । टियु मैदानमा नेपालले पीएनजीसँग शुक्रबार र शनिबार दुई अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ भने सोमबारदेखि नेपाल, पीएनजी र मलेसिया सम्मिलिति टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला आयोजना हुनेछ ।

युएईमा आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला खेलेर नेपाल र पीएनजी बुधबार मात्र काठमाडौं आइपुगेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *