August 2, 2021

एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित

Nepal, Netherlands, Scotland and UAE added to the expanded ICC ODI team  rankings

बागमती प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले पराजित गर्दै बागमतीले लगातार दोस्रो जित निकालेको हो । बागमतीले दिएको ३ सय रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २१ ओभरमा अलआउट हुँदै १ सय १९ रन मात्र बनाउन सक्यो ।यस अघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । जितसंगै बागमतीले २ खेलमा ४ अंक जोडेको छ ।बागमती समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ । बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो , सुदूरपश्चिमको भने यो पहिलो खेल हो । पहिलो खेलमै सुदूरपश्चिमले हार व्यहोरेको छ ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा र प्रदेश नम्बर १ लाई २ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७ ओभर ४ बलमा अलआउट भएर १ सय २ रन बनाएको थियो । जितसँगै समूह ’ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ । प्रदेश–१ को यो लगातार दोस्रो हार हो । प्रदेश–१ पुछारमा रहेको छ । पहिलो खेलमा गण्डकी आर्मीसँग र प्रदेश–१ एपीएफसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published.