October 23, 2021

एक / दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Impeachment motion closure after civic polls' - The Himalayan Times -  Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले अब एक / दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट पार्नुभएको छ ।सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको बताउनुभयो । उहाले छिटै मन्त्रिमण्डलले पूर्णता दिन छलफल भइरहेका जानकारी दिनुभयो ।

नेता लेखकले वर्तमान सरकारले सबैभन्दा प्राथमिकता दिएर कोभिड–१९ बाट नेपाली जनतालाई कोभिडको जोखिमबाट बचाउने प्रण लिएको र सोहीअनुसार काम गरिरहेको धारणा राख्नुभयो । त्यस्तै, उहाले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशनपनि सम्पन्न हुने दावी गर्नुभयो ।दशैंअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने लेखकको भनाई छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.