July 30, 2021

एक हजार १४ जनामा कोरोना पुष्टि

नेपालमाा सोमबार एक हजार १४ जनामा कोरोना पुष्टि भएको छ ।देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रमममा थप १ हजार १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ भने हालसम्म १६ सय १४ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १६ सय २८ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख २७ हजार ४३३ जना निको भएका छन् ।हाल आइशोलेशनमा १२ हजार ९४८ जना रहेका छन् भने ५२७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.