November 26, 2022

एनएसएल काठमाडौं रेजर्सले बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त

Football match calling an end to VAW

नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टिम काठमाडौं रेजर्सले बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा काठमाडौंले एनएसएलको दोस्रो संस्करणका लागि बाल गोपाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो । यस्तै काठमाडौंले गोलरक्षक विकेश कुथुसँग मार्की खेलाडीको रुपमा सम्झौता नविकरण गरेको छ । पहिलो संस्करणको उपाधि काठमाडौंले जित्दा विकेश कप्तान र बाल गोपाल नै प्रशिक्षक रहेका थिए । पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले सम्पूर्ण टिम उपाधी जित्ने लक्ष्यका साथ तयारी गर्ने बताउनुभयो । त्यस्तै मार्की खेलाडी विकेश कुथुले यसपटक पनि आफ्नो टीमले नै उपाधी जित्नका लागि सम्पूर्ण शक्ति लगाउने बताउनुभयो । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।

पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो भने उपाधी काठमाडौं रेजर्सले नै जितेको थियो ।

Leave a Reply

Your email address will not be published.