November 25, 2022

एन्फा कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दिपेन्द्र धिमाल बिजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दिपेन्द्र धिमाल बिजयी हुनुभएको छ । एन्फाको बुधबार बसेको विशेष साधारण सभाले अधिकारी र धिमाललाई निर्वाचित गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभयो । अधिकारीले सर्वाधिक ५४ र धिमालले ४७ मत प्राप्त गर्दै बिजयी हुनुभएको उहाले बताउनुभयो । लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गर्नुभयो । यो नतिजासँगै २१ सदस्यीय कार्यसमिति पूर्ण भएको छ । विशेष साधारण सभाले एन्फाको वर्तमान कार्यकालले चार बर्षभित्र देशका बिभिन्न स्थानमा १० देखि १२ स्थानमा ट्रेनिङ सेन्टर स्थापना गर्ने नीति पास गरेको छ । साधारणसभाले मोहन कुमार इन्वाङ संयोजक रहेको पाँच सदस्यीइ अनुशासन समिति गठन गरको महासचिव राईले बताउनुभयो । त्यस्तै फुटसल खेल सञ्चालन, नियमन र सहजीकरणका लागि कार्यविधि बनाएको र त्यसलाई विशेष साधारण सभाले अनुमोदन गरेको उहाले जानकारी दिनुभयो ।

एन्फाले फुटबललाई थप व्यवसायिक गर्दै बिकास गर्न बिभिन्न कार्यक्रम गर्ने योजना समेत बनाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.