October 16, 2021

एभिएसन सेफ्टी रिपोर्ट २०२० सार्वजनिक

नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएसन सेफ्टी रिपोर्ट २०२० सार्वजनिक गरेको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्राधिकरणले सेफ्टी रिपोर्ट २०२० सार्वजनिक गरेको हो । प्राधिकरणले जारी गरेको सेफ्टी रिपोर्टमा नेपालमा हाल १० वटा हेलिकोप्टर कम्पनी सञ्चालनमा रहेको र ९ वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले हवाई सेवा प्रदान गर्दै आएको उल्लेख छ । साथै ४ वटा अन्तर्राष्ट्रिय उडान लाइसेन्स प्रदायक विमान कम्पनी र ४ वटा अल्ट्रालाइट कम्पनी रहेको समेत प्राधिरकणले जनाएको छ ।प्राधिरणले सन् २०१९ मा अन्तर्राष्ट्रिय हवाई मुभमेन्ट समेत सन् २०१८ को तुलनमा ४ दशमल ४ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख गरेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपियन युनियनको आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुपर्ने अवस्था अहिले नरहेको बताउनुभयो ।प्रविधिको हिसावले केहि पछाडी परेपनि नेपालको उड्डयन क्षेत्रको प्रगति अन्तराष्ट्रिय क्षेत्रमा प्रसंसायोग्न नै रहेको उहाको भनाई छ ।

उहाले बिभिन्न कारणले युरोपियन युनियनको आकाशमा लगाइएको प्रतिवन्ध छिटै हट्ने पनि बताउनुभयो । उहाले नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुईभागमा बिभाजन गर्ने कानून संसदमा पुगेको उल्लेख गर्नुभयो ।कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उड्ययनको क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । प्राधिकरणले हवाई क्षेत्रमा सुरक्षा सबै भन्दा बढी महत्वपूर्ण विषय भएकाले सुधारको क्रममा रहेको उहाको भनाई छ ।प्राधिकरणले सार्वजनिक गरेको रिपोर्टमा नेपाली हवाई आकाशलाई थप सुरक्षित बनाउनका लागि भएका प्रयासलाई पनि समेटीएको छ ।

Leave a Reply

Your email address will not be published.