November 30, 2023

एमसीसीको अंग बनेको वा नवनेको बारे जानकारी गराउनुपर्ने: नेता भीम रावल

नेकपा एमालेका नेता भीम रावलले संसदबाट पारित गरिएको ब्याख्यात्मक घोषणा एमसीसीको अंग बनेको वा नवनेको बारे जानकारी गराउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा रावलले यस बिषयमा सदनमार्फत जनतालाई जानकारी गराउनुपर्ने बताउनुभएको हो । १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग भएको पत्र प्राप्त नभएको उहाको भनाई छ । त्यस्तै उहाले बजेटमा रहेका बिषयहरुको कार्यान्वयनको आधार नभएको तर्क गर्नुभयो । रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाले काठमाडौंको फोहर सफा गर्न नसक्नेले अर्थतन्त्रमा ठूलो चमत्कार गरेर देखाउछौ भनेर जनतालाई भ्रमामा राख्न खोजेको बताउनुभयो । रावलले राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा सरकार डराएको टिप्पणी गर्नुभयो ।

कालापानी, लिपुलेक, लिम्पीयाधुरामा नेपाली भूमि अतिक्रमण हुँदा पनि सरकार मौन बस्नु आश्चर्यजनक भएको उहाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *