May 24, 2022

एमसीसीविरूद्ध प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार पनि नयाँ बानेश्वरमा झडप भएको छ । प्रदर्शनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपनि झपड भएको हो । सो क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा छोडेको हो । सो क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।

संसद्मा एमसीसी टेबल भइसकेदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनलाई राप्रपा र माओवादीका भ्रातृ संगठन लगायतले आइतबार पनि निरन्तरता दिएका थिए ।

Leave a Reply

Your email address will not be published.