December 8, 2022

एमसीसी प्रतिनिधिसभा बाटै टुङ्गो लगाउनुपर्ने: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभाबाटै टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । बुधबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकमीसंग कुरा गर्दै नेता रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताउनुभएको हो । उहाले एमसीसीमा उठेका बिभिन्न बिषयहरुलाई सदनमा नै बिस्तृत छलफल गर्नुपर्ने र यसका लागि सदन सूचारु गर्नुपर्ने धारणा रख्नुभयो । उहाले संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन भन्ने प्रश्न उठाएको बताउनुभयो । त्यस्तै माओवादी केन्द्रका नेता देव गुरुङले अहिले गठबन्धनको सरकार भएकाले गठबन्धनभित्रै साझा धारणा नवनेसम्म एमसीसीलाई अघि बढाउनुको कुनै औचित्य नहुने तर्क गर्नुभयो । सरकारले लाने प्रस्तावमा गठबन्धन सरकारको सहमति हुनुपर्ने उहाको भनाई छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले यथास्थीतिमा एमसीसी पारित गर्न नहुने धारणा कायमै रहेको बताउनुभयो ।

उहाले सदन अवरुद्ध रहिरहेका बेला सदनमा एमसीसीका बिषयमा छलफल हुन नसक्ने धारणा राख्नुभयो । उहाले सदनलाई सूचारु गर्नुपर्ने र अन्य बिषयहरुलाई अघि बढाउनुपर्ने जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.