November 22, 2022

एमसीसी लगाएतका बिषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने

सभामुख अग्नि सापकोटाले C बताउनुभएको छ । सिहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफु सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताउनुभएको हो । बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए । बैठकपछि सभामुख सापकोटाले सवै दलले आआफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताउनुभयो । उहाले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने भन्दै आफु रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गर्नुभयो । आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सवैले पहल गर्नुपर्ने उहाले बताउनुभयो । सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत रहेको उहाको भनाई छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले मूल रुपमा संसद् सञ्चालनको विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाले एमसीसी लगाएतका बिषयमा सहमति विकास गरेर अगाडि बढ्ने कुरा भएको बताउनुभयो ।

उहाले आफ्ना सांसदहरुको कारवाहीका बारेमा एमालेले राखेको अडान उचित नभएको धारणा राख्नुभयो । सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएन् ।

Leave a Reply

Your email address will not be published.