May 21, 2024

एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएक हुन: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा पार्टीको केन्द्रीय स्कुल विभागले काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले एमालेले चूनावमात्रै नभएर अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध लडेको भन्दै जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताउनुभएको हो । सम्पूर्ण प्रतिक्रियावादी एमालेविरुद्ध लागेर बुथ कब्जा गरिएको स्थितिको सामना एमालेले गर्नुपरेको उहाले बताउनुभयो । जनमतका रूपमा हुनुपर्ने निर्वाचन भए पनि कुप्रचार र जालझेल भएको उहाँको भनाई छ । अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी दिनुभयो । स्थानीय तहको निर्वाचनको परिणामा प्रमुखहरूमा अपेक्षाकृत कम जिते पनि लोकप्रिय मतमा एमाले अगाडि रहेकाले कार्याकर्तालाई निराश नहुन उहाले आग्रह गर्नुभयो । अध्यक्ष ओलीले स्थानीयभन्दा ठूलो महासङ्ग्राम (सङ्घीय र प्रदेशको निर्वाचन) आउन लागेकाले त्यसमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

एमालेले दुईदिनसम्म गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख–उप्रमुखलाई प्रशिक्षण दिन लागेको हो ।

One thought on “एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएक हुन: अध्यक्ष ओली

  1. Wow, superb blog structure! How lengthy have you been blogging
    for? you make blogging look easy. The overall glance of your
    web site is great, as well as the content material!

    You can see similar here e-commerce

Leave a Reply

Your email address will not be published. Required fields are marked *