
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप लगाउनुभएको छ । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सवै जनताको समान अधिकारका लागि आफुले दुई पटक संविधान संशोधन प्रस्ताव अघि बढाएपनि एमालेको केपी ओली गुटका कारण सफल हुन नसकेको आरोप लगाउनुभएको हो । उहाले अहिले पनि एमालेको केपी गुट मधेश, महिला, जनजाती लगाएत मुलुकको परिवर्तनको बिरोधी भएको टिप्पणी गर्नुभयो । प्रचण्डले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापीत गर्नका लागि माओवादीलाई बलियो बनाउनुको बिकल्प नरहेको पनि बताउनुभयो ।
यसअघि पनि आफुहरुले प्रतिगमनलाई असफ बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुराएको भन्दै प्रचण्डले जस्तोसुकै मूल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रचण्डले अव पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म बलियो बनाउदै लैजाने बताउनुभयो । अहिले पार्टीको झण्डै ८ लाख क्रियाशिल सदस्य पुगेको र छिटै १० लाख पुग्ने उहाको भनाई छ ।