April 15, 2024

एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दावी: अध्यक्षओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । भक्तपुरस्थीत बालकोट निर्वाचन केन्द्रमा मतदानपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ गतेसम्ममा सरकारको नेतृत्व गर्ने बताउनुभएको हो । उहाले एमालेको सरकार बनेपछि सहकार्य गरेका दलहरुलाई समेत सरकारमा ल्याउने जिकिर गर्नुभयो । ओलीले एमालेको बहुमत आउने देखेर नै बिभिन्न शक्तिहरु एमालेको बिरुद्धमा लागेको टिप्पणी गर्नुभयो ।

युवालाई भड्काउने र राजनीतिक दिशाविमुख गर्ने काम भएपनि जनताले सचेत भएर मतदान गर्ने उहाको भनाई छ ।
ओलीले निर्वाचन उत्साहपूर्व रुपमा भएको जिकिर गर्नुभयो ।

One thought on “एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दावी: अध्यक्षओली

  1. Ao tirar fotos com um telefone celular ou tablet, você precisa ativar a função de serviço de posicionamento GPS do dispositivo, caso contrário, o telefone celular não pode ser posicionado.

Leave a Reply

Your email address will not be published. Required fields are marked *