June 21, 2024

एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताउनुभएको छ । शुक्रबार धरानमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धाउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताउनुभएको हो । उहाले देश बिकासका सन्दर्भमा गठबन्धनलाई बोेकेको कांग्रेसलाई एक्लै चूनाव लड्न आउन चूनौति दिनुभयो । ओलीले एक्लै चूनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गर्नुभयो । कांग्रेसले समाजवादको कुरा गरेपनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उहाले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताउनुभयो । उहाले विदेशी देख्नेवित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेको धारणा राख्नुभयो । अवको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने र प्रचण्ड पनि आफैँ विस्तारै सकिँदै जाने तर्क गर्नुभयो ।

गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुवेको उहाले बताउनुभयो । ओलीले अहिले टुक्राटुक्रि जोडेर सरकार बनाउन दिन नहुने भन्दै एमालेले बहुमतसंगै सरकार बनाउने दावी गर्नुभयो ।

One thought on “एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने: अध्यक्ष ओली

  1. Maintenant que de nombreuses personnes utilisent des téléphones intelligents, nous pouvons envisager le positionnement des téléphones mobiles via des réseaux sans fil ou des stations de base.

Leave a Reply

Your email address will not be published. Required fields are marked *