November 30, 2023

एमालेले खुलेआम निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगसंग माग

नेपाली कांग्रेसले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगसंग माग गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले खुलेआम प्रलोभन दिने, एनजिओको व्यपाक दुरुपयोग गर्ने जस्ता आचारसंहिता बिपरितको काम एमालेले गरेको भन्दै कारवाही गर्न माग गर्नुभयो । गठबन्धनका साना कमजोरीलाई देख्ने आयोगले एमालेको आचारसंहिता बिपरितको कामलाई देख्न नसकेको उहाको भनाइ छ । प्रवक्ता महले कांग्रेसले संयमताका साथ आचारसंहितालाई पालना गरिरहेको दावी गर्नुभयो । उहाले महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गर्नुभयो । अहिलेको निर्वाचनमा १ सय ६५ सिटमा ९१ सिट कांग्रेसले र ७४ सिट गठबन्धनका अन्य दलले लडेकाले स्वभाविक नेतृत्व कांग्रेसको रहेको उहाको भनाइ छ । उहाले निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका तर्फबाट शेर बहादुर देउवा हुने स्वभाविक रहेको भन्दै अन्यले प्रधानमन्त्रीको दावी गर्नु प्रचार मात्रै भएको धारणा राख्नुभयो ।

प्रवक्ता महतले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिक मत महत्वपूर्ण भएकाले सवै क्षेत्रमा कुनै दुविधा नगरी रुख चिन्हमा मतदान गर्न आह्वान समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *