December 3, 2022

एमालेले चाहे वर्तमान सरकार एकहप्तामा ढल्ने दावी

Nepal Supreme Court summons PM K P Oli in contempt cases | Business  Standard News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे वर्तमान सरकार एकहप्तामा ढल्ने दावी गर्नुभएको छ । बुधबार काठमाडौंमा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गर्नुभएको हो । ओलीले एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने बताउनुभयो । ओलीले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताउनुभयो । त्यस्तै उहाले एमालेको जस्तो नीति तथा कार्यक्रम अरु कुनै पनि पार्टीमा नभएको बताउनुभयो । नेपालको विकासमा केही पार्टीले धक्का पु¥याएको आरोप लगाउँदै ओलीले एमालेलाई अबको चुनावमा कसैले पनि रोक्न नसक्ने जिकिर गर्नुभयो । साठगाँठ नगरीकन आगामी चुनावमा अन्य दलले एउटा वडा पनि जित्ने अवस्था नरहेको उहाको भनाई छ । अध्यक्ष ओलीले कांग्रेस आउँदो चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेससंग नागरिकमा जाने कुनै मुद्धा नरहेको बताउनुभयो । ओलीले आफु नेतृत्वको सरकारले मुलुकमा बिकासको बाढि ल्याएको तर्क गर्नुभयो ।सरकारको अहिलेको जस्तो बेहाल कहिल्यै, कुनै कालमा पनि नभएको भन्दै उहाले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको जिकिर गर्नुभयो ।

त्यस्तै उहाले अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार भएको टिप्पणी गर्दै ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको तर्क गर्नुभयो अध्यक्ष ओलीले बाटो बिराएकालाई एमालेको ढोका सदैव खुल्ला रहने भन्दै माधव नेपाललाई भने अव एमालेमा कुनै ठाँउ नरहेको बताउनुभयो । ओलीले निर्धारित मितिमा नै पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुने दावी पनि गर्नुभयो । विधान महाधिवेशनमा बुटवलमा गर्ने प्रस्ताव आएको जानकारी दिँदै उहाँले कहाँ हुने भन्ने निश्चित भइनसकेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.