December 3, 2022

एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाउनुभएको छ । पार्टीको समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणासभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले सांसदहरुले बोल्न पाउने अधिकारलाई हनन गर्दै संसद बैठक अवरोध गरेर एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाउनुभएको हो । उहाले पटक पटक बिघटन भएर पुनस्र्थापीत संसदलाई एमालेले निरर्थक बनाउने प्रयास गरिरहेको पनि बताउनुभयो । अध्यक्ष नेपालले एमाले प्रतिगमनको मतियार भएको र नेपाललाई इतिहासको पछाडी ढकेल्न खोजेको तर्क गर्नुभयो ।

नेपालमा गणतन्त्रामक संविधान भएकै कारण संविधान ओलीलाई मन नपरेको उहाको भनाई छ । उहाले एमाले नेतृत्वको सरकारले तीन बर्ष बेकारमा खेर फालेको धारणा राख्नुभयो ।कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चका पदाधिकारीलाई सपथ खुवाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.