November 26, 2022

एमालेले सदन नै चल्न नदिएका कारण नै बिधेयक ल्याउन नसकेको

Balkrishna Khad | Citizen FM 97.5 Mhz

गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताउनुभएको छ । सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै बिधेयक ल्याउन नसकेको बताउनुभएको हो ।उहाले सदन चल्न दिन एमालेसंग आग्रह पनि गर्नुभयो । त्यस्तै उहाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने सबैको चाहना रहेको र अब न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भईरहेको बताउनुभयो ।

मन्त्री खाणँले नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दैसरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको उल्लेख गर्नुभयो ।बिमानस्थलमा कांग्रेस नेताहरु रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंह लगाएतले मन्त्री खाँणलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.