April 18, 2024

एमाले अध्यक्ष केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधि भएको आरोप

Prachanda | Biography & Facts | Britannica

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली संघीयता र गणतन्त्र विरोधि भएको आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्रको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पटक संसद् विघटन गर्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने गणतन्त्र विरोधि भएको बताउनुभएको हो । उहाँले प्रतिनिधिसभा विघटन गरेर संविधानसँगै गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक व्यवस्था नै उल्ट्याउने खालको केपी ओलीले षड्यन्त्र गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले ओली देशभित्र र बाहिरका शक्तिसँग मिलेर षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो । २०७५ सालमा माओवादी र एमालेबीच एकता हुँदाको समझदारी ओलीले अस्वीकार गर्दा समस्या उत्पन्न भएको आरोप दगाउनुभयो । उहाँले फेरी एकपटक माओवादी विजयी भएको बताउदै सडकबाटै प्रतिगमनको विरोध गरेको बताउनुभयो । उहाँले अहिले गठबन्धन बनाएर नेकपा माओवादी केन्द्र अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले संघमात्रै नयाँ सरकार गठन नभई प्रदेशमा समेत नयाँ सरकार बनेको बताउनुभयो । उहाँले अहिले आफूहरु पार्टी पुनःनिर्माणमा लागिपरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *