



नेकपा एमालेका नेता वामदेव गौतमले एमाले एकताका लागि पहल गर्ने दोहराउनुभएको छ ।शुक्रबार ललितपुरमा आयोजित आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गौतमले नेकपामा विवाद हुदा पनि आफु एकताको पक्षमा उभिएको भन्दै अव पनि एमालेभित्र एकता कायम गर्न भूमिका खेल्ने बताउनुभएको हो ।ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको गौतमले आरोप पनि लगाउनुभयो ।
ओली र प्रचण्ड दुबैको आलोचना गर्दै गौतमले माओवादी केन्द्रमा नेता भनेकै प्रचण्ड र संगठन भनेकै प्रचण्डको स्थिति रहेको जिकिर गर्नुभयो । गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्ने भएकाले पार्टीको बैठकमा जानुपर्ने बताउनुभयो । त्यस्तै उहाले पार्टीभित्रको विवादको असर पार्टी निकट संगठनहरुमा पर्नु दुखद भएको धारणा पनि राख्नुभयो ।अखिल नेपाल किसान महासंघको भेलामा माधव पक्ष निकट सदस्यहरुको सहभागीता थियो । गौतम किसान महासंघको अध्यक्ष हुनुहुन्छ ।
