
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको भन्दै छोटो समयमा नै पार्टी बलियो भएको दावी समेत गर्नुभयो । उहाले एमालेमा बिद्रोह गर्न नसकेका केहि नेताको अवस्था बिजोग गरेको टिप्पणी गर्नुभयो । त्यस्तै नेपालले आफु एमालेमा रहदा निकै लोकप्रिय कार्यक्रम ल्याएको र त्यसको जस अरु कसैले लिन खोजेको बताउनुभयो । अहिले आफुहरुलाई अरुको गाली गर्ने फुर्सद नरहेको र सकारात्मक सोचका साथ पार्टीलाई अघि बढाइरहेको उहाको भनाई छ ।
उहाले आगामी निर्वाचनमा पार्टीलाई जिताउनका लागि इमान्दारीपूर्वक जनतामाफ जान सुझाव दिनुभयो ।