November 24, 2022

एमाले देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको पार्टी: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको पार्टी भएको बताउनुभएको छ । आइतबार दैलेखमा आयोजित चूनावी सभामा ओलीले गठबन्धनमा रहेका दलहरुले राष्ट्रका लागि एउटा पनि राम्रा काम गर्न नसकेको भन्दै देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको एमालेले सयौं राम्रा काम गरेको बताउनुभएको हो । शेर बहादुर देउवा पटक पटक प्रधानमन्त्री भएपनि लोकतन्त्र दरवारमा बुझाउने लगाएतका प्रतिगमनका काममात्रै गरेको उहाले बताउनुभयो । त्यस्तै उहाले अदालतबाट सेटिङ र जालझेल गरेर आफुलाई सरकारबाट हटाइएको तर्क गर्नुभयो । ओलीले वर्तमान सरकारले बजेट बनाउने देखि सवै काममा सेटिङ गर्दै राज्यलाई लुट्ने काम गरेको धारणा राख्नुभयो । एमाले सरकारले सुरु गरेको बिभिन्न राजमार्ग लगाएतका अन्य बिकास निर्माणका कामलाई अहिलेको सरकारले अलपत्र पारेको उहाको आरोप छ ।

अध्यक्ष ओलीले यस पटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भन्दै फुटेका हाडीको गठबन्धनलाई नभए एमालेलाई निर्वाचित गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.