August 10, 2022

एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको

Nepal Supreme Court summons PM K P Oli in contempt cases | Business  Standard News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नै एमाले र कांग्रेस मात्र रहेको बताउनुभएको हो । उहाले अरु पार्टीहरुको कुनै औचित्य नभएको भन्दै केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको तर्क गर्नुभयो । उहाले कांग्रेसलाई पनि सहीबाटोमा हिड्नका लागि सल्लाह र सुझाव दिने धारणा पनि राख्नुभयो ।

नेपालमा नियन्त्रीत अराजकता फैलाउने भारतीय षडयन्त्र बिरुद्ध एमाले लागेका कै कारण घेराबन्दीमा पारिएको उहाले बताउनुभयो । उहाले केन्द्रीय कमिटी बैठकले आगामी कार्यदिशा तय गर्ने र अव एमालेभित्र रहेकालाई आराम गर्ने समय नरहेको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.