December 5, 2023

एमाले विना देशको विकास र सम्वृद्धि सम्भव छैन: विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विना देशको विकास र सम्वृद्धि सम्भव नभएको बताउनुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देहीले आयोजना गरेको भेला तथा निर्वाचन परिचालन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिंचाई, शिक्षा,स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रीम प्रोजेक्ट अगाडि सारेको बताउदै ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताउनुभयो । उहाँले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका उपाध्यक्ष पौडेलले देशभर एमालेको लहर चलेको मंसीर ४ को निर्वाचनमा एमालेको बहुमत आउने दाबी गर्नुभयो ।

उपाध्यक्ष पौडेलले एमालेलाई कतिपय पूर्वाग्रही विरोधीहरुले विकास विरोधी पार्टी भनेर कुप्रचार गरेको बताउदै त्यस्ता भ्रमलाई चिर्न एमालेले गरेका कामहरुको प्रचार प्रसार आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *