December 5, 2023

एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्नेः माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघिको एमाले सरकारले बिकासको झुटा प्रचार गरको भन्दै एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्ने बताउनुभएको हो । उहाले एमाले अध्यक्ष केपी ओलीले पानी जहाज, रेलमार्ग लगाएतका बिकासका काम कागजमै सीमित भएको तर्क गर्नुभयो । अध्यक्ष नेपालले ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको आरोप लगाउनुभयो । आफुहरुले एमालेलाई अहिलेको अवस्थामा ल्याएपनि व्यक्तिबाद हावी हुन पुगेका कारण समाजवादको नयाँ क्रान्तिको यात्रामा अघि बढिएको उहाको भनाई छ । कार्यक्रममा अध्यक्ष नेपालले ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गर्दै पार्टीको सकारात्मक पक्षको प्रचार गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *