December 5, 2023

एसपीपीको बिरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक

साना कम्युनिष्ट पार्टीहरुले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को बिरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एमसीसी र एसपीपी नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । घोषित आन्दोलनका कार्यक्रममा साउन १३ गते देशव्यापी कोणसभा घोषणा, १५ मशाल जुलुस र २१ गते प्रदेश तथा काठमाडौंमा विरोध प्रदर्शन गर्ने रहेको नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष ऋषि कट्टेलले बताउनुभयो । उहाले एसपीपीमा सहभागी नहुने पत्र नपठाएर वर्तमान गठबन्धनको सरकारले आत्मसमर्पण र राष्ट्रघात गरेको आरोप लगाउनुभयो । मुलुकमा महङ्गी बढ्दा समेत कुनै चासो नदेखाएर सरकारले जनताप्रतिको संवेदनशिलता गुमाएको उहाले बताउनुभयो । पत्रकार सम्मेलनमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले सरकार भ्रष्टचारमा डुवेका कारण अव सवै जनता मिलेर आन्दोलन गर्नुपर्ने धारणा राख्नुभयो । उहाले साना कम्युनिष्ट पार्टीबीच कार्यगत एकता गर्दै जनताको जनजिविकाका पक्षमा आवाज उठाउने जिकिर गर्नुभयो ।

उनीहरुले पहिलो चरणको आन्दोलन सकेपछि अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *