
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित विश्वको भूराजनीति तनाव र नेपालको स्थिति बिषयक कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्न आफुहरुले प्रधानमन्त्रीलाई दवाव दिएको र अहिले पनि एसपीपीमा सहभागी नहुने भनेर सरकारले गरेको निर्णयको पत्र अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभएको हो । कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएका बेला नेपालमा एमसीसी भित्राइएको र कांग्रेसले त्यसलाई अघि बढाएको उहाले बताउनुभयो । आफुहरुले व्याख्यात्मक टिप्पणीबिना पारित गर्नु हुँदैन भनेर अडान लिएकै कारण नेपाल दुर्घटनाबाट बचेको उहाको भनाई छ । त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुकको स्वाधिनताको रक्षाका लागि सवै भन्दा पहिले राजनीति सफा गर्नुपर्ने बताउनुभयो । हरेक पार्टीहरुमा शुद्धिकरण चलाउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाको भनाई छ ।
श्रेष्ठले सरकार जोगाउन खोज्ला राष्ट्रियता नै खतरामा पर्ने संकेत देखापरेको र राजनीतिक स्वार्थलाई त्याग गर्नुपर्ने बताउनुभयो ।