December 5, 2023

एसपीपी एमाले सरकारले अघि बढाएको प्रमाण पेश गर्न चूनौति: वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) एमाले सरकारले अघि बढाएको प्रमाण पेश गर्न चूनौति दिनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा पोखरेलले केहि नेताहरुले एसपीपी एमाले सरकारले अघि बढाएको अभिव्यक्ति दिएको भन्दै प्रमाणित गर्न चूनौति दिनुभयो । पोखरेलले एमालेमाथि लगाइएको आक्षेपको निन्दा गर्दै एमाले सरकारले एसपीपी अघि बढाएको भेटिए जिम्मेवारी लिन तयार रहेको धारणा राख्नुभयो । पोखरेलले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा सुशिल कोइराला प्रधानमन्त्री र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको नै रहेको ठोकुवा गर्नुभयो ।

पोखरेलले तत्कालिन अवस्थामा नै एमाले सरकारले यसलाई अघि बढाउन नहुने निष्कर्ष निकालेको समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *