December 4, 2022

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै सरकारको तयारी नभएको स्पष्ट

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै सरकारको तयारी नभएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफल दिदै मन्त्री कोईरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको भन्दै भ्रममा नरहन पनि आग्रह गर्नुभयो । अमेरिका सेना नेपालको इजाजतबिना जवरजस्त आउन नसक्ने उहाले बताउनुभयो । उहाले सरकारलाई बदनाम गर्नका लागि एसपिपी सम्झौताको हल्ला फैलाएको तर्क गर्नुभयो । त्यस्तै मन्त्री कोईरालाले संसद्ले पारित गरेकै दिन अमेरिकी सरकारले एमससी सम्झौताका व्याख्यात्मक घोषणालाई स्वागत गरेकाले उक्त घोषणा सम्झौताको अङ्ग बनेकामा द्विविधामा नपार्न आग्रह पनि गर्नुभयो । उहाले डेढ दशकदेखि अलपत्र परेको संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन कानुन सुधार जरुरी रहेको बताउनुभयो ।

बलात्कारमा हदम्यादबारे भने कानुन आयोगले अध्ययन गरिरहेको उहाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.