December 5, 2022

एसियाली खेलकुद स्थगीत भएपनि नेपालले आफ्नो तयारी जारी राखेको छ

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगीत भएपनि नेपालले आफ्नो तयारी जारी राखेको बताउनुभएको छ । नेपाल स्टे«न्थलिफ्टिङ्ग महासंघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुल्ला टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगीता उद्घाटन गर्दै घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भएपनि नेपाली खेलाडीहरु तयारी अवस्थामा रहेको बताउनुभयो । उहाले अहिले पनि एसियाली खेलकुदका लागि २३ वटा खेलका बिशेया बन्द प्रशिक्षणहरु भइरहेको जानकारी दिनुभयो । उहाले यसपटक खेलाडीहरुको शारिरिक परिक्षण पनि गरिएको जानकारी दिनुभयो । नेपालमा टेन्थलिफ्टिङ्ग तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने उहाको भनाई छ । प्रतियोगीतामा देशभरका खेलाडीहरु सहभागीता रहको महासंघले जनाएको छ ।

प्रतियोगीता आइतबार सम्म राखेप कवर्ड हलमा सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published.