



ऐतिहासिक धरहराको पुननिर्मार्णले तिव्रता पाएको छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको २०औं तलाको पुनःनिर्माण गर्ने काम सम्पन्न भएको जनाएको हो । जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पुनःनिर्माण भइरहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले अहिले २०औं तलामा बार्दली बनाउने काम भइरहेको जानकारी दिदै सोहि तल्लाबाट नै सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउने बताउनुभयो । ज्ञवालीले चालु आर्थिक वर्षभित्रैमा काम सम्पन्न गर्ने गरी निर्माणकार्य अगाडि बढेको जानकारी दिनुभयो ।
उहाले आउँदो असार मसान्तसम्म मूलभूत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने योजना रहेको धारणा राख्नुभयो ।२०७२ सालको विनाशकारी भूकम्पमा धरहरा पूर्णरुपमा क्षति भएको थियो । धरहरा पुनःनिर्माणको कुल अनुमानित लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।
