November 28, 2022

ऐतिहासिक, प्राचिन कालीका मन्दिरको पुननिर्माण सम्पन्न

विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको काभ्रेको नमोबुद्ध–५, कानपुरस्थित ऐतिहासिक, प्राचिन कालीका मन्दिरको पुननिर्माण सम्पन्न भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाखको लगानीमा पुनर्निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नुभयो । वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो । मन्दिर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सम्पदाहरु अझ बलियो र स्थायी रुपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास बलियो धारणा राख्नुभयो ।

उहाले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त कालीदेवि मन्दिरको पुनर्निर्माणको लागि नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.