July 13, 2024

ओलीको प्रस्तावप्रति मिश्रित प्रतिक्रिया दिए

सत्तारुढ नेकपाका सांसदहरुले विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावप्रति मिश्रित प्रतिक्रिया दिएका छन् ।केहि सांसदहरुले प्रधानमन्त्री ओलीको कदम राष्ट्रहित बिपरित रहको टिप्पणी गरेका छन् भने केहिले अहिलेको अवस्था बाध्यात्मक परिस्थीति भएको बताएका छन् । नेकपा सांसद कृष्ण प्रसाद दाहालले प्रधानमन्त्रीको कदम फिर्ता हुनुपर्ने बताउनुभयो । संवैधानिक बाटो नसमातेको भन्दै उत्तः प्रस्ताव फिर्ता हुनुपर्ने उहाको भनाई छ । उहाले नेकपाभित्रको संकटको परिणाम नै अहिलेको परिस्थीति भएको तर्क गर्नुभयो ।

त्यस्तै सांसद बिमला बिकले नेपाली जनताको हितमा उक्त सिफारिस नरहेको बताउनुभयो । उहाले राष्ट्रपतिले उक्त प्रस्ताव स्वीकार गर्न नहुने धारणा राख्नुभयो ।नेकपा सांसद आशा बिकले भने प्रधानमन्त्रीको कदम बाध्यात्मक परिस्थीति भएको टिप्पणी गर्नुभयो । उहाले प्रधानमन्त्रीलाई घेराबन्दीमा पर्ने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको देखेपछि प्रधानमन्त्रीले उक्त कदम चाल्नुभएको जिकिर गर्नुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गरेपछि नेकपाका सांसदहरु संसदीय दलको कार्यालयमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *