October 9, 2021

ओलीलाई सच्चिन नेपाल समूहले दिएको समय सकिएको

Prime Minister KP Sharma Oli removed from Nepal's ruling party amid  political chaos - The Economic Times

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन माधव नेपाल समूहले दिएको अल्टिमेटमको समय सकिएको छ।
माधव झलनाथ खनाल समूहले ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै आज बिहान ९ बजेसम्मको समय दिएको थियो । अल्टिमेटमको समय सकिएलगगतै सो समूहका सांसदहरु सिंहदरबारमा छलफलमा जुटेका छन् ।

छलफलमा सहभागी हुन सिंहदरबारमा पुगेका एमाले सांसद झपट रावलले अब पार्टी सकिने अवस्थामा पुगेको बताउनुभयो । आफुहरु सबै पार्टी एकताको लागि प्रयत्नमा रहेपनि केपी ओलीबाट पार्टी एकताका लागि पहल नभएको उहाको भनाई छ । कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न पार्ने काम भएकाले अबै प्रयास असफल भएको उहाले बताउनुभयो ।नेपाल समूहले आइतवार नै सामूहिक राजीनामाको तयारी गरेपनि अन्तिम समयमा रोकिएको हो।

Leave a Reply

Your email address will not be published.