October 10, 2021

ओलीले कानुनको पालना गर्न प्रचण्ड–नेपाल पक्षलाई आग्रह

Image result for kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा नै निर्वाचन हुने र निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गर्नुभएको छ । बिहीवार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी नफुटेको र केहि मान्छे पार्टी छाडेर हिडेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दावी गर्नुभएको हो ।उहाले अहिले प्रतिगमन नभइ जागरण पैदा भएको धारणा राख्नुभयो । ओलीले कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको आरोप समेत लगाउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई बदनाम गराइएको उल्लेख गर्दै सुधार्ने प्रयास गरेपनि सफल नभएको तर्क गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालले गाडी लिएर जनताले कति दुःख पाए भनेर हेर्न हिँडेको पनि बताउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले कानुनको पालना गर्न प्रचण्ड–नेपाल पक्षलाई आग्रह गर्नुभयो । ओलीले प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा जनतामाथि ज्यादति भएकोप्रति आपत्ति जनाउनुभयो । उहाले नेकपा प्रचण्ड–नेपाल पक्षप्रति लक्षित गर्दै कुरा नबुझेर सडकमा हल्लिरहेको टिप्पणी पनि गर्नुभयो । उहाले सरकारको तर्फबाट उन्नत बिउ, नर्सरी तयार गर्ने, विरुवा उपलव्ध गराउने काम सरकारले गर्ने बताउनुभयो । त्यस्तै उहाले कृषिमा बिमा र मलमा दिईने अनुदानलाई वास्तविक किसान समक्ष पुराउने प्रतिवद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published.