


नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संविधान बिपरित भएका गतिविधि विरुद्ध गरिएको आन्दोलनमा जनताले साथ दिएको र सफल भएको बताउनुभएको छ ।शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा आमहडताल जरुरी रहेको दाबी गर्दे जनताले साथ दिएको र सफल भएको बताउनुभएको हो ।उहाले अहिलेको प्रतिगमनविरुद्ध आगामी दिनमा पनि जनताको सहभागितामा आमहडताल गरिने उल्लेख गर्नुभयो । मुलुकमा चलिरहेको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको प्रचण्डले बताउनुभयो ।लोकतन्त्र र संविधानको पक्षमा संघर्षको मैदानमा पुनः एक पटक आएको भन्दै उहाले लोकतन्त्रको रक्षाका जस्तो पनि मूल्य चुकाउन तयार रहेको धारणा राख्नुभयो ।
त्यस्तै उहाले नेकपाको विवादसम्बन्धमा श्वेतपत्र निकाल्ने तयारी भइरहेको जानकारी दिनुभयो । प्रचण्डले एमसीसीबारे पार्टीले अन्तिम निर्णय गरिनसकेको जिकिर गर्नुभयो ।संवैधानिक परिषद्मा भएको ज्यादतीपूर्ण नियुक्तिको विषयमा भएको आन्दोलनमा अर्को बिषयको नारा लगाउन उपयुक्त नहुने भन्दै एमसिसि विरुद्धको नारा लगाउन रोकिएको उहाले स्पष्ट पार्नुभयो । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको शक्ति प्रदर्शनलाई पञ्च¥यालीको संज्ञा दिनुभयो । आफूले समृद्धिका लागि पार्टी एकता गरेको तर ओली प्रवृत्तिलाई चिन्न नसकेको प्रचण्डको छ ।त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले गरेका अपराधको एक एक हिसाबकिताब इतिहासले लिने बताउनुभयो । उहाले संविधान मिच्ने काम निरन्तर भएको भन्दै आन्दोलन परिचालन समिति नै बनाएर जनतामाझ जाने तय गरिएको बताउनुभयो । उहाले आगामी दिनमा बिरोधका कार्यक्रमलाई सशक्त बनाउने जानकारी दिनुभयो । अहिलेको आन्दोलन प्रतिगमनबिरुद्ध रहेको उहाले बताउनुभयो । अध्यक्ष नेपालले आफूहरूको आन्दोलनमा पुलिसले ज्यादती गरेको भन्दै निन्दा गरे पनि गरे। नेपालले ओली पक्षलाई चोइटिएर गएको समूह भएको बताउनुभयो ।
