October 10, 2021

ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा हारिस

Prachanda | Biography & Facts | Britannica

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा हारिसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा विद्यार्थी नेता तिलक भण्डारीद्वारा लिखित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तकको विमोचनमा उहाले अदालतप्रति विश्वास रहेको र जनताको पक्षमा आउने फैसलाको औपचारीक रुपमा घोषणा हुन मात्रै बाँकी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिलेको मुद्दा हारिसकेको तर व्यवहारिक रूपमा परास्त गर्नका निम्ति पार्टीले आन्दोलन अगाडि बढाउनुपर्ने उहाको भनाई थियो । अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध पुस ५ देखि शान्तिपूर्ण युद्ध जारी रहेको रहेको बताउनुभयो । जनआन्दोलन र जनयुद्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेको युद्ध जित्नुपर्ने उहाले बताउनुभयो ।

प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप पनि लगाउनुभयो । उहाले ओलीले ७० बर्ष लामो संघर्षले ल्याएको परिवर्तनलाई अपहरण गर्न खोजेको टिप्पणी पनि गर्नुभयो ।चुनवाङ बैठकबाट माओवादी शान्तिपूर्ण राजनीतिमा आएको भन्दै उहाले अहिलेपनि एक पक्ष जनयुद्धमा भएको त्याग तपस्या बलिदानीलाई महत्व दिन नचाहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.