August 2, 2021

ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताउनुभएको छ । ।रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा शनिवार भएको साक्षत्कार कार्यक्रममा बोल्दै नेता संग्रौलाले प्रधानमन्त्रीले संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु सर्वसत्तावाद भएको स्मरण गर्दै ओली नेतृत्वको सरकारले जनमतको चीरहरण बताउनुभएको हो ।

संग्रौलाले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गर्नुभयो । संग्रौलाले पाँच बर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गर्नुभयो ।न्यायपालिकामा भएको बहसलाई ‘वाइयात’ भन्नु र्दुभाग्य पूर्ण भएको भन्दै नेपाली कांग्रेस निर्वाचनबाट भाग्न नसक्ने तर निर्वाचन विधिसंगत हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.